सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला एसियन कप छनोट खेल्ने यु–२० टोलीको बिदाइ

आइतबार, २१ जेठ २०८०, १४ : ०२
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । म्यानमारमा आयोजना एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आइतवार बिदाइ गरिएको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार एन्फाले एक कार्यक्रमको आयोजना गरेर म्यानमारमा छनोट खेल्न जान लागेको नेपाली महिला टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश साह लगायतले बिदाइ गरे ।  एन्फा अध्यक्ष नेम्वाङले म्यानमार भ्रमणलाई सार्थक बनाउन शुभकामना दिए । 

छनोट अन्तर्गत नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ छन् । नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । 

यसैगरी  नेपाले  जुन ८ मा चीन तथा  जुन १० मा चाइनिज ताइपेइसँग अन्तिम छनोट खेल खेल्नेछ । नेपालले  यस अघि प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीलाई याम प्रसाद गुरुङले गरेका छन् भने नेपाली टोलीको कप्तानी दिपा शाहीले सम्हाल्ने छिन् ।

नेपाली टोली

गोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसान

रक्षकः सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डरः दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य

फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप