सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यु—२० महिला फुटबल टोलीको विदाइ

आइतबार, २१ जेठ २०८०, १४ : ५४
आइतबार, २१ जेठ २०८०

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणमा सहभागी हुने राष्ट्रिय महिला फुटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङलगायत पदाधिकारीले टोलीलाई बिदाइ गरे ।

म्यानमारमा आयोजना हुने दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाली टोली समूह ’बी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेई रहेका छन् । छनोट प्रतियोगिताको समूह ’ए’ मा भने अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको छनोट प्रतियोगितामा समूह ’बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । 

दोस्रो चरणको छनोट जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणको छनोट प्रतियोगितामा उत्कृष्ट हुने चारवटा टोलीले उज्वेकिस्तानमा हुने यु–२० महिला एसियन कप खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप