सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

थप ५ देशसँग श्रम सम्झौता गरिँदै

आइतबार, २१ जेठ २०८०, २१ : ५४
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । सरकारले थप ५ देशसँग श्रम सम्झौता गर्ने भएको छ । हालसम्म १० वटा श्रम गन्तव्य मुलुकसँग द्वीपक्षीय सम्झौता भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव राजिव पोखरेलले अब जर्मनी, रोमानिया, ओमान, कुवेत र साउदी अरबसँग द्वीपक्षीय श्रम सम्झौता हुन लागेको बताए ।

नेपालले हाल कतार, यूएई, दक्षिण कोरिया, बहराइन, जापान, इजरायल, जोर्डन, मलेसिया, मौरिसस, बेलायतसँग द्वीपक्षीय श्रम सम्झौता गरेको छ । अब थप ५ मुलुकसँग चाडै नै सम्झौता गरिने सहसचिव पोखरेलले बताए ।
यी देशहरुसँग सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको र दुवै पक्षबीच छलफलपछि अन्तिम रुप दिन लागिएको उनको भनाई छ ।

सरकारले नयाँ नयाँ मुलुकको खोजी गर्दै ती देशहरुसँग दुई पक्षीय श्रम सम्झौता गर्ने रणनीति ल्याएको छ । हाल श्रम सम्झौता गरेका मुलुकहरुसँग पनि संशोधन गरेर समयसापेक्ष बनाउदै लगिने सहसचिव पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप