आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ढिलासुस्ती

बुटवलको वधशाला :  सञ्चालन हुनै लाग्दा पुनः टेण्डरले ढिलाइ

मङ्गलबार, २३ जेठ २०८०, ०८ : २५
मङ्गलबार, २३ जेठ २०८०

बुटवल  । बुटवलमा निर्माण सम्पन्न भैसकेको पशु वधशाला ३ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा तयार छ वधशाला । तर, वधशाला अहिले प्रयोगविहीन अवस्थामा छ । समयमा सञ्चालनमा नआउँदानगरपालिकाले पुनः टेन्डरमा लैजाने तयारी गरेपछि थप ढिलाइ हुने भएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाका अनुसार निर्माण भएको वधशाला सञ्चालनको लागि ३ वर्ष अगावै सम्झौता भएको थियो । अहिले सञ्चालन गर्ने अन्तिम बेलामा पुरानो प्रक्रिया नमिलेको भन्दै नयाँ टेन्डर खोल्ने तयारी भएको छ । यसबारे छिटै सूचना निकाल्ने तयारी रहेको उनले बताए । 

बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले अबको केही दिनमै ३० दिने म्याद राखेर ईबिडिङ हुने जनाए । उनले  टेन्डरको सबै प्रक्रिया पूरा गरी अर्को आर्थिक वर्षदेखि मात्रै वधशाला सञ्चालनमा आउन सक्ने गरी काम अगाडि बढाएको बताए । 

वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ । 

उक्त विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ ।

नगरपालिकाले बेइमानी गर्यो  ः व्यवसायी 
कृष्णप्रसाद पौडेलसहित ७० जना व्यवसायी र तीनवटा महिला सहकारी सदस्यहरूले दर्ता गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले ३ वर्ष अगाडि नै प्रक्रियाअनुसार  निर्माणपछि चलाउने सम्झौता गरेको थियो । 

उनीहरूले दर्ता गरेको मासु प्रशोधन प्रालिले त्यसको लागि तीन वर्ष अगाडिदेखि १ करोड ९० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो। वधशाला सञ्चालन र व्यवस्थापन गर्न बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउने गरी सहमति भएको थियो । 

22222222222

तर, उक्त सम्झौतामा प्रक्रिया नपुगेको भन्दै उपमहानगरले पुनः टेन्डर प्रक्रिया थालेको हो । व्यवसायी पौडेलले आफूहरूलाई नगरपालिकाले बेइमान गरेको आरोप लगाए ।
उनले भने, ‘हामीले ३ वर्षदेखि बैंक रकम जम्मा गरेका थियौं । सम्झौताअनुसार रकम तिर्ने गरी सञ्चालन गर्ने बेलामा हुँदैन भन्नु गलत भयो ।हामीले नयाँ वर्षबाट नै चलाउने योजना गरेका थियौं ।अझ अर्को टेन्डर भन्ने सुन्दा हामी अचम्ममा परेका छौ ।’

ढिलाइको कारण   
बुटवलमा दैनिक २५० क्वीन्टल कुखुरा,यस्तै  ५ सयखसी बोको मासु विक्री हुन्छ । त्यसमा अहिले धेरै आआफ्नो ढंगवाट मासु काट्ने र विक्री गर्छन् । उपभोक्ता हित संरक्षण मञ्चका बुटवलका अध्यक्ष समुन्द्र जिसीका अनुसार बुटवलमा गत हप्ता पनि नगरपालिकाले अनुगमन गर्दा केही मासु पसलमा खान नहुने मासु भेटिएको थियो । यहाँ स्वस्थ्य मासु खान पाउने समय अझ लम्बिएको छ । 

बुटवलका धागो कारखाना नजिकै लुम्बिनी प्रदेश सरकार,बुटवल उपमहानगर, हेफर इन्टरनेशनल सहितको झन्डै २२ करोड लगानीमा बधशाला निर्माण भएको हो । 

badsala2

यहाँ बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष,सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको बुटवल  नगरपालिका इन्जिनियर  सुमन श्रेष्ठले बताए ।

यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप