सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा अमर्यादित बनेकोमा राष्ट्रियसभाका सांसद् चिन्तित

बुधबार, २४ जेठ २०८०, ११ : ५६
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोरा  बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरे । 

सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन् । प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ती प्रकट गरिन् । 

सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराइन् । उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरिन्। 

सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा संघीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे । सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनतामा बीचमा नराम्रो सन्देश दिएको बताए । 

सांसद भुवनबहादुर सुनाले भूमिहन, दलित सुकुम्बासीलाई आगामी आर्थिक बर्षको बजेटले कुनै सम्बोधन गर्न नसको भन्दै सरकारको ध्यानकर्षण गराए । 

सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे । 

सांसद सुरेशकुमार आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारवाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको भन्दै राष्ट्रियसभामा त्यस्तो हुन नहुने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप