सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गौचनको ‘प्रतिवहन’ माथि कथा–विमर्श

आइतबार, २८ जेठ २०८०, १६ : ५३
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । आख्यानकार मनीषा गौचनको कथासङ्ग्रह ‘प्रतिवहन’ माथि शनिवार राजधानीमा कथा–विमर्श भएको छ ।  प्रायः अपाङ्गता भएका व्यक्तिहरूको कथा समेटिएका छन् सङ्ग्रहमा । सो अवसरमा समीक्षक राजकुमार बानियाँले गौचनका कथामा बिलकुल नयाँ र कतै नलेखिएका विषय आएको बताए । ‘प्रत्येक कथा फरक छन्,’ उनले भने, ‘हरेक पात्रको पीडामाथि अनुभूतिको तहसम्म पुगेर लेखिएका कथाले पाठकलाई संवेदित बनाउँछन् ।’ 

बौद्धिक तथा बहुअपांग अभिभावक संघकी अध्यक्ष लक्ष्मी काफ्लेले अपाङ्गतासम्बन्धी कमै साहित्य लेखिने गरेको बताउँदै प्रतिवहन कथासङ्ग्रहले आफूहरूलाई न्याय गरेको बताइन् । सङ्ग्रहका कथाहरूले आफूलाई भित्रैसम्म छोएको उनको भनाई थियो ।

Book photo

लेखक गौचनले आफूले अपाङ्गताकै क्षेत्रमा काम गरेकाले र अपाङ्गता भएका व्यक्तिहरूसँगको सामीप्यले विषयमाथि सूक्ष्म अध्ययन गरेर लेख्न सहज भएको बताइन् ।  समीक्षक बानियाँ, अभियन्ता काफ्ले र लेखक गौचनसँग निबन्धकार दीपक सापकोटाले कथा विमर्श गरेका थिए ।  गौचनका यसअघि ‘वल्लीको डायरी’ र ‘ह्वाइटकेन’ उपन्यास प्रकाशित छन् । २१ वटा कथा रहेको प्रतिवहन इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप