आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

टेकनारायण पाण्डेको तर्फबाट रमण श्रेष्ठको बहस सुरु, बालकृष्ण खाणको पनि आजै थुनथेक

सोमबार, २९ जेठ २०८०, ११ : २५
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको छ । पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन् । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार पनि दिनभर पाण्डेको तर्फबाट बहस भएको थियो । उनको तर्फबाट अधिवक्ताहरू राम घिमिरे, शरद कोइराला, डा.गणेश रेग्मी र जगतप्रकाश जोशीले बहस गरेका थिए । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि आजै थुनथेक हुने छ । 

हालसम्म अदालतमा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, टोपबहादुर रायमाझी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई पक्षका वकिलले बहस गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप