आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोरी, भटमास र सनफ्लावर क्रुडको महसुलमा कुनै परिवर्तन भएको छैन : अर्थमन्त्री महत

सोमबार, २९ जेठ २०८०, १६ : ४६
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले साबिकमा तोरी, भटमास र सनफ्लावरको दाना तथा क्रुड आयलमा लाग्दै आएको भन्सार महसुल दरमा कुनै पनि परिवर्तन नगरिएको बताएका छन् । 

आर्थिक ऐन, २०७९ ले तोरी, भटमास र सनफ्लावरको दानामा ५ प्रतिशत र क्रुड आयलमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेकोमा आर्थिक ऐन, २०७९ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९ भाद्र २३ गतेको बैठकले तोरी, भटमास र सनफ्लावरको दाना र क्रुड आयल पैठारी हुँदा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने निर्णय गरेको थियो । र यस्ता पटके छुटलाई नयाँ आर्थिक ऐनले सम्बोधन नगरेमा स्वतः खारेज हुने बताएका हुन् ।

सरकारको कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको फरक दर निर्धारण गर्ने नीति रहेको र सोही नीति अनुरूप दानामा ५ प्रतिशत, क्रुड आयलमा १० प्रतिशत र तयारी तेलमा १५ प्रतिशतको फरक भन्सार दर लाग्ने व्यवस्था रहेको डा.महतले बताए ।

निकासी गर्ने प्रयोजनले पैठारी गर्ने वस्तुमा लाग्ने महसुल बापत बैङ्क जमानत राखी पैठारी गर्न सक्ने व्यवस्था रहेकोले चालू आर्थिक वर्षको वैशाखसम्म करिब २१ अर्ब मूल्य बरावरको क्रुड आयल प्रस्तुत सुविधा उपभोग गरी पैठारी रहेको पनि उनले बताए । नेपाल सरकारले आर्थिक वर्षको बीचमा प्रस्तुत वस्तुहरूमा लाग्ने महसुलमा ९० प्रतिशत छुट दिएको कारण वैशाखसम्म करिब ६ अर्ब ९५ करोड रुपैयाँ राजस्व छुट हुन गएको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप