सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्रोएसिया यूईएफए नेशन्स कपको उपाधिनजिक

बिहीबार, ३२ जेठ २०८०, १० : ४५
बिहीबार, ३२ जेठ २०८०

काठमाडौं । क्रोएसिया यूईएफए नेशन्स कपको फाइनलमा पुगेको छ । क्रोएसियाले बुधबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई ४—२ गोलले हरायो । निर्धारित समयको खेल २—२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।

खेलमा सुरुआती अग्रता भने घरेलु टोली नेदरल्यान्ड्सले लिएको थियो । खेल सुरु भएको ३४औं मिनेटमा डनयल मालेनले पहिलो गोल गरेका थिए । ५५औं मिनेटमा क्रोएसियाका आन्द्रेज क्रामारिचले पेनाल्टीमार्फत जवाफी गोल फर्काएका थिए ।

यसैगरी ७२औं मिनेटमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई २—१ को अग्रता लिएका थिए । दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा नेदरल्यान्ड्सका नोआ लाङ्ले गोल गरेपछि निर्धारित समयको खेल २—२ को बराबरीमा पुगेको थियो ।

त्यसपछि थप गरिएको समयमा क्रोएसियाले दुई गोल थपेको थियो । ९८औं मिनेटमा ब्रुनो पेत्कोभिचले क्रोएसियाका लागि तेस्रो गोल गरेका थिए । पेत्कोभिच परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए ।

त्यसपछि ११६औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत क्रोएसियाका लागि चौथो गोल गरेका थिए । अब क्रोएसियाले उपाधिका लागि स्पेन वा इटालीसँग भिडन्त गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार राति स्पेन र इटालीबीच खेलिने छ ।

दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीले नेदरल्यान्ड्ससँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । क्रोएसिया कुनै पनि ठूलो प्रतियोगिताको फाइनलमा पुगेको यो दोस्रो पटक हो । यसअघि सन् २०१८ को विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोलले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप