मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिँदै

बिहीबार, ३२ जेठ २०८०, १७ : ५४
बिहीबार, ३२ जेठ २०८०

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विस्तार गर्ने प्रयासहरू भइरहेका छन् । अहिले ३ सय शय्यासहितको अस्पताल अब हेलिप्याडसहितको पाँच सय शय्यामा रूपान्तरण हुने भएको छ ।

 हाल सेवा प्रवाह भइरहेकै भवनमाथि हेलिप्याडसहित पाँच सय शय्याको अस्पताल निर्माण गरिने अस्पताल स्रोतले जनाएको छ । त्यसका लागि १ अर्ब २ करोड ४२ लाख ७४ हजारको सम्झौता भइसकेको अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले बताए । 

निर्माणको जिम्मा गौरा श्याम सुन्दर जेभी काठमाडौँले लिएको छ । कम्पनीले ०८२ मंसिर मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ । बिरामीको चाप बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहने गरि तला थप गर्न लागिएको खड्काले बताए  ।

साथै उनले मेडिकल कलेजका लागि अहिले नै मापदण्ड पुरा गरिसकिएको पनि बताए । ‘तला थप भएमा भिआइपी उपचार कक्ष, डिलक्स, क्याबिन कक्ष लगायतका सुविधाहरू थप  हुनेछन्,’ उनले भने,‘ अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैको माथि हेलिप्याड निर्माण गरिने छ ।’ 

शिक्षण अस्पताल भएपछि विद्यार्थीहरूलाई अध्ययन गराउने कोठा र बस्ने व्यवस्थापनसहितको सुविधा पनि नयाँ भवनमा थप हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप