सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इटालीलाई हराउँदै स्पेन फाइनलमा

शुक्रबार, ०१ असार २०८०, ०६ : ५७
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । यूईएफए नेशन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि स्पेन र क्रोएसिया भिड्ने भएका छन् । स्पेनले बिहीबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इटालीलाई २—१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

क्रोएसिया भने बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई ४—२ गोलले हराएको थियो । क्रोएसिया दोस्रो पटक ठुलो प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि सन् २०१८ को विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोलले हराएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा स्पेनका लागि एरेमी पिनोले पहिलो गोल गरेका थिए । खेल सुरु भएको तेस्रो मिनेटमै आकर्षक गोल गर्दै उनले टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, स्पेनको त्यो अग्रता लामो समय कायम रहन सकेन ।

निर्धारित समयको ११औं मिनेटमा इटालीका सिरो इम्मोबाइलले जवाफी गोल गर्दै पहिलो हाफको खेल १—१ को बरबरीमा टुङ्ग्याएका थिए । सिरोले पेनाल्टीमार्फत गोल गरेका हुन् । दोस्रो हाफको गोल थप प्रतिस्पर्धात्मक बनेको थियो ।

निर्धारित समयको ८८औं मिनेटमा होजेलुले निर्णायक गोल गर्दै स्पेनलाई फाइनलमा पु¥याएका हुन् । उनी परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए । स्पेनले सन् २०१२ पछि कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।

सन्  २०१२ मा स्पेनले युरो कपको उपाधि चुमेको थियो । स्पेन र इटाली दुवै विश्वकपको पूर्वविजेता राष्ट्र हुन् । स्पेन सन् २०२१ मा भएको यूईएफए नेशन्स लिगको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । इटालीले अब तेस्रो स्थानका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल र तेस्रो स्थानको खेल जुन १८ तारिखमा नेदरल्यान्ड्समा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप