सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘सक्दिन बिर्सन’ मा सुमन र उर्मिलाको रोमान्स

शुक्रबार, ०१ असार २०८०, ११ : ५१
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । गायक सुमनकुमार श्रेष्ठको ‘सक्दिन बिर्सन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत गायक श्रेष्ठकै रहेको छ । भिडियोको निर्देशन पनि गायक श्रेष्ठले नै गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ र मोडेल तथा नायिका उर्मिला बिसीको अभिनय छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ ।

कीर्तिपुरका अलवा काठमाडौँका रमणीय स्थानहरूमा छायाङ्कन भएको फिल्ममा तिलक बुढाथोकीको छायाङ्कन, नीराजन केसीको सम्पादन छ । तेज नेपाल प्रोडक्सन तथा उर्मिला बिसीको प्रस्तुति रहेको भिडियोलाई तेज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप