आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट

बागमती प्रदेशले छुट्यायो स्थानीय तहलाई ४ अर्ब ८३ करोड रुपैयाँ बजेट

शुक्रबार, ०१ असार २०८०, १५ : २०
शुक्रबार, ०१ असार २०८०

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा समानीकरण अनुदान बापत प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए  । 

प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप