आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ७ करोड रुपैयाँ विनियोजन

शुक्रबार, ०१ असार २०८०, १५ : ५१
शुक्रबार, ०१ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । प्रदेशका ३ वटा अस्पतालमा सिटी स्क्यान र मेमोग्राफी मेसिन वितरण गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तहको अध्यापनको सुरुवात गर्ने, प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिने मन्त्री लामाले बताए ।

गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि निःशुल्क हवाई सेवा उपलब्ध गराउने, एक विद्यालय एक नर्स कार्यक्रम +२ सम्म विस्तर गरी ३० करोड ५४ लाख रुपैयाँ विनियोग गरेको मन्त्री लामाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप