आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधनको नवीकरणमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने

शुक्रबार, ०१ असार २०८०, १६ : ४४
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालित यातायात कार्यालयहरुमा दर्ता भई २० वर्ष पुराना भएका सवारी साधनको नवीकरण जरिवाना छुट दिने भएको छ । 

शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै प्रदेश अर्थमन्त्री बहादुरसिंह लामाले  २० वर्ष पुरा भएका र सञ्चालनमा आउन नसकेका सवारी साधन २०८० फागुन मसान्तसम्म नवीकरण गरे सोमा लाग्ने जरिवानामा ९० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप