मधेसका किसानलाई मल र बिउको लागि २० करोड
शुक्रबार, ०१ असार २०८०, २० : २४
जनकपुरधाम । मधेस प्रदेशका किसानलाई मल र बिउ बिजनको लागि २० करोड बजेट विनियोजन गरिएको छ ।
सरकारले किसानलाई सरल सहज रूपमा उन्नत जातको बिउ बिजन, मल उपलब्ध गराउन, कृषि तथा पशु बिमा, उत्पादन संकलन केन्द्र निर्माण, प्रशोधन भण्डारण र बिक्री व्यवस्थापनको लागि २० करोड बजेट विनियोजन गरिएको छ ।