मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
विश्वकप छनोट

आईसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बावेबीच आज प्रतिस्पर्धा

आइतबार, ०३ असार २०८०, ०६ : १६
आइतबार, ०३ असार २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आजदेखि जिम्बावेमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ । 

आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज जिम्बावेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ । 

नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बावेको सामना गर्न लागेकाे हाे ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप