सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मैनालीको ‘दृष्टि : दृष्टिकोण’को विमोचन

आइतबार, ०३ असार २०८०, १० : ०९
आइतबार, ०३ असार २०८०

काठमाडौँ । समालोचक युवराज मैनालीको ‘दृष्टि : दृष्टिकोण’ समालोचना सङ्ग्रहको विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा  सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि वैरागी काइँला, प्रा दिनेशराज पन्त, प्राडा कुलप्रसाद कोइराला, प्राडा खगेन्द्रप्रसाद लुइटेल, प्राडा लेखप्रसाद निरौला, पूर्वसचिव श्यामप्रसाद मैनाली, साहित्यकार राधेश्याम लेकालीले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व मुक्तिनाथ दर्शन साहित्य समाजको अध्यक्ष हरिभक्त सिग्देलले गरेका थिए ।  कार्यक्रममा समालोचक प्राडा लेखप्रसाद निरौलाले लोकार्पित कृतिमाथि मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा साहित्यकारहरू रामप्रसाद पन्त, प्रह्लाद पोखरेल, शम्भुप्रसाद मैनाली, दिनेशराज पन्त, कुलप्रसाद कोइराला, प्राडा खगेन्द्रप्रसाद लुइटेलले शुभकामना मन्तव्य दिएका थिए ।

साहित्यकार श्रीबाबु कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा डा. अर्जुनदेव भट्टले स्वागत मन्तव्य दिएका थिए भने विष्णुप्रसाद पन्तले कार्यक्रमका सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप