आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलको अर्धशतक पूरा

आइतबार, ०३ असार २०८०, १४ : १०
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्घको आफ्नो पहिलो खेलमा आइतबार नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । उनले ६३ बलमा ५० रन बनाएका हुन् । यसक्रममा उनले आठवटा चौका पनि हिर्काए ।

कुशल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८६ रनको साझेदारी गरिसकेका छन् । आसिफ ३० रन बनाउँदै क्रिजमा छन् । उनले ५९ बलको सामना गरी दुई चौका प्रहार गरेका छन् । नेपालका ओपनरले ४.११ को औसतमा रन बनाएका छन् । पछिल्लो समय नेपालले २१ ओभरमा ८६ रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप