सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले भन्यो–संस्था फुटेको भन्ने विषय निराधार

आइतबार, ०३ असार २०८०, १९ : ४९
आइतबार, ०३ असार २०८०

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संस्था फुटेको भन्ने विषय निराधार भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले  कार्यसमितिका कुनै पनि सदस्यले संस्था नछोडेको बताएको हो । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल औपचारिक रूपमै विभाजन भएको भनी समाचार आएको भन्दै संस्थाले आफ्नो त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।  

विज्ञप्तिमा भनिएको छ, ‘केही सङ्गीतकर्मीहरूले दर्ता गरेको नयाँ संस्थाको विषयलाई हाम्रो गौरवमय एकीकृत संस्थासँग जोडेर अतिरञ्जित नगरिदिनुहुन सबैलाई अनुरोध गर्न चाहन्छौँ । हामी हाम्रो मौलिक लोक संगीत र लोकदोहोरी क्षेत्रको उन्नयनका खातिर एकबद्ध थियौँ, छौँ र रहिरहनेछौँ । नेपाली गीत संगीतको क्षेत्र खुलेका हरेक संस्थाहरूलाई स्वागत पनि गर्दछौँ ।’

l

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप