आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपडेट

बझाङ दुर्घटना : कोहलपुर मेडिकल कलेजमा मन्त्री सिंहको उपचार सुरु

मङ्गलबार, ०५ असार २०८०, १७ : २४
मङ्गलबार, ०५ असार २०८०

धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ ।

बझाङस्थित रितु पोलिक्लिनिकबाट रेफर गरिएका उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको हो । उपचारमा संलग्न मेडिकल कलेजका डाक्टर राहुल डंगौरालाई उद्धृत गर्दै सुदूरपश्चिमकी सांसद गीता चौधरीले मन्त्री सिंहको उपचार सुरु भएको जानकारी दिइन् । 

मन्त्री  सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ । रितु पोलिक्लिनिकका डाक्टर रञ्जित चौरासियाले मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको बताए। साथै उनको नाकबाट अत्यधिक रक्तश्राव हुनुका साथै अक्सिजनको मात्रा तथा  नाडीको चाल कम रहेको  छ । तर मुटुको चाल भने अधिक रहेको बताइएको छ । 

उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ । 

दुर्घटनामा मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको भने घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।  मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप