सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालको एक सय रन पुरा

मङ्गलबार, ०५ असार २०८०, १८ : ४८
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले एक सय रन पुरा गरेको छ । जीतका लागि २ सय ८ रन पछ्याइरहेको नेपालले २ विकेटको क्षतिमा सो स्कोर पार गरेको हो ।

नेपालका लागि भीम सार्की २८ तथा रोहित पौडेल १५ रन बनाएर खेलिरहेका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख क्रमशः ३९ र १२ रन बनाएर आउट भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप