सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिमानी २ सयौँ खेलमा रोनाल्डोको विजयी गोल

बुधबार, ०६ असार २०८०, ०९ : ०६
बुधबार, ०६ असार २०८०

रेकिभिक । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन् । युरो २०२४ छनोट अन्तरर्गत आइसल्याण्डविरुद्धको खेलमा रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् ।

खेलमा रोनाल्डोकै एक मात्र गोल निर्णायक बन्यो । ३८ वर्षीय खेलाडीले खेलको ८९ औँ मिनेटमा गोन्कालो इनासियोको पासमा गोल गर्दै टोलीलाई जीत दिलाए । गोललाई सुरुमा अफसाइड करार गरे पनि भिडियो एसिस्टेट रेफ्रीले उक्त निर्णयलाई उल्टाएका थिए ।

योसँगै रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा आफ्नो कीर्तिमानी गोल सङ्ख्या १२३ पुर्‍याएका छन् । रोनाल्डोले कुवेतका फरवार्ड बाडेल अल–मुतावाको १९६ खेलको रेकर्ड गत मार्चमा तोडेका थिए । गिनिज बुक अफ वर्ल्ड रेकर्डले खेलअघि रोनाल्डोलाई सर्टिफिकेट समेत हस्तान्तरण गरेको थियो ।
सन् २००३ मा पोर्चुगलका लागि डेब्यु गरेका रोनाल्डोले देशका लागि लागि खेल्न थालेको २० वर्ष पुगेको छ । उनले यसबीचमा स्पोर्टिङ लिसबन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र साउदी अरबको अल–नासेरबाट व्यावसायिक फुटबल खेलेका छन् । यस क्रममा उनले ५ पटक बालोन डि’ओरको उपाधि पनि हात पारेका छन् । 

युरोपियन छनोटमा उनको पाँचौँ गोलको मद्दतले पोर्चुगलले ४ खेलमा चारवटामै जीत हासिल गर्न सफल भएको छ । समूह जेमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप