आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नाति करणको विवाहमा गइनन् हेमा मालिनी, ४२ वर्षमा पनि परिवारबीच कुरा मिल्न सकेन ?

बुधबार, ०६ असार २०८०, १२ : ५४
बुधबार, ०६ असार २०८०

सनी देओलका छोरा करण देओलले आफ्नी प्रेमिका दृशा आचार्यसँग विवाह गरेका छन् । यो मौकामा देओल परिवारका सबै जना जम्मा भए । तर धर्मेन्द्रकी कान्छी श्रीमती हेमा मालिनी र उनकी छोरी इशा र अहाना विवाहमा सरिक भएनन् । यस्तोमा वर्षौँपछि पनि देओल परिवारमा  फुटको असर कम भएको छैन भनेर धेरैले अनुमान गरेका छन् । यद्यपि, यसैबीच मंगलबार इशा देओलले करण–दृशालाई विवाहको बधाई दिइन् ।

इन्स्टाग्राममा इशाले एउटा स्टोरी सेयर गरेकी थिइन्, जसमा लेखिएको थियो – करण र दृशालाई विवाहको बधाई । जीवनभरी एक अर्काको साथ र माया मिलिरहोस् । धेरै माया । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने इशा र अहाना दुबैलाई करणको विवाहमा निम्तो दिइएको थियो तर दुबै जना विवाहमा सरिक भएनन् ।

dharmendra1वर्षौँपछि सँगै देखिए धर्मेन्द्र र जेठी श्रीमती

देओल परिवारका लागि करणको विवाह निकै विशेष रह्यो । यो विवाहमा धर्मेन्द्रकी जेठी श्रीमती प्रकाश कौर र सनी देओलकी श्रीमती पूजा देओललाई सार्वजनिक रूपमा देखियो । 

dharmendra2

इशा धर्मेन्द्र र हेमा मालिनीकी जेठी श्रीमती हुन् । उनी सनी देओल र बबी देओलकी सौतेनी बहिनी हुन् । सनी र बबी धर्मेन्द्र र प्रकाशका सन्तान हुन् । 

dharmendra3इशाको विवाहमा पनि गएका थिएनन् सनी–बबी

जून २०१२ मा इशाले व्यापारी भरत तख्तानीसँग विवाह गरेकी थिइन् । त्यति बेला पनि सनी र बबी गएनन् । त्यति बेला सनीका काकाका छोरा अभिनेता अभय देओलले इशाको विवाहमा भाइले गर्नुपर्ने सबै परम्परा निभाएका थिए । मिडिया रिपोर्टका अनुसार सनी र बबीले आफ्नी आमा प्रकाश कौरलाई पीडा दिन नचाहेका कारण विवाहमा गएका थिएनन् ।

dharmendra4धर्मेन्द्रले दोस्रो विवाहले श्रीमतीलाई धक्का लागेको थियो, परिवारमा दुरी बढेको थियो

वास्तवमा सन् १९५४ मा धर्मेन्द्र र प्रकाशको विवाह दुवैको परिवारको मर्जीमा भएको थियो । त्यति बेला धर्मेन्द्र १९ वर्षका थिए । पछि गएर उनीहरू सनी देओल, बबी देओल, विजेता र अजिताका अभिभावक बने । फिल्मी करियरका बेला धर्मेन्द्रको भेट हेमा मालिनीसँग भयो र उनीहरू एक–अर्कासँग नजिकिए ।

dharmendra5धर्मेन्द्र विवाहित भएकोले उनले हेमासँग दोस्रो विवाह गर्न चाहँदैनथे । भारतीय सञ्चार माध्यमका अनुसार उनी आफ्नी जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न पनि चाहँदैनथे । त्यसैले अभिनेताले आफ्नो धर्म फेरे । धर्मेन्द्रले इस्लाम धर्म अपनाएर आफ्नो नाम दिलावर खान राखे । यस्तै हेमाले पनि आफ्नो नाम आयशा बी आर चक्रवर्ती राखिन् । त्यसपछि सन् १९८० मा यी दुईले विवाह गरे । उनले हेमा मालिनीसँग सन् १९८० मा दोस्रो पटक विवाह गरे ।

ishaदुरीको पर्खाल ४२ वर्ष बितिसक्दा पनि ढलेन

धर्मेन्द्रको विवाहले उनकी जेठी श्रीमतीलाई धक्का लाग्यो । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने हेमा र प्रकाश छुट्टा छुट्टै घरमा बस्थे । हेमाका दुई छोरीलाई धर्मेन्द्रको घर जान अनुमति थिएन ।

sunny

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप