सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कान्टे साउदी च्याम्पियन अल–इतिहादसँग अनुबन्ध हुने

बुधबार, ०६ असार २०८०, १५ : ५५
बुधबार, ०६ असार २०८०

लण्डन । चेल्सी र फ्रान्सका मिडफिल्डर एन’गोलो कान्टे साउदी अरेबियन च्याम्पियन अल–इतिहादसँग अनुबन्ध हुने भएका छन् । ३२ वर्षीय खेलाडीको चेल्सीसँगको करार यही जुनको अन्त्यमा समाप्त हुँदैछ ।

चोटका कारण संघर्षरत कान्टेले सन् २०२२–२३ सिजनमा चेल्सीका लागि मात्र ९ वटा खेलमा सुरुवात गरेका थिए । यसअघि, फ्रेन्च फरवार्ड करिम बेन्जेमा अल–इतिहाद पुगिसकेका छन् । उनले क्लबसँग ३ वर्षको करार गरेका छन् ।

योसँगै इंग्लिस फुटबलमा कान्टेको सफल कार्यकालको अन्त्य भएको छ । उनले सन् २०१५–१६ सिजनमा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि जितेका थिए । चेल्सीमा रहँदा उनले च्याम्पियन्स लिग, प्रिमियर लिग, युरोपा लिग र एफए कपको उपाधि जितेका थिए ।

सन् २०१६–१७ मा उनी फुटबल राइटर्स एसोसिएसन फुटबलर अफ द इयर र प्रोफेसनल फुटबलर्स एसोसिएसन प्लेअर अफ द इयर चुनिएका थिए । सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप