सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

वेस्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल

बिहीबार, ०७ असार २०८०, १२ : २८
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दैछ । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । 

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार बेहोरेको छ । जिम्बाब्वेसँग पराजय भोगेको नेपालले अमेरिकालाई भने शानदार प्रदर्शनका साथ हराएको थियो । एकदिवसीय वरियतामा नेपाल १४ औँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप