सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालले दुई विकेट गुमायो

बिहीबार, ०७ असार २०८०, १७ : २८
बिहीबार, ०७ असार २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले केवल २३ रनमा दुई विकेट गुमाएको छ । जिम्बाबेमा जारी उक्त प्रतियोगितामा बिहीबार वेस्ट इन्डिजले दिएको तीन सय ४० रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा ओर्लिएको हो ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पाँच रनमा पेभेलियन फर्किए । उनको विकेट वेस्ट इन्डिजका बलर अल्जारी जोसेफले लिए । तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की पनि दुई रन बनाउँदै आउट भए । उनको विकेट जासन होल्डरले लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप