सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सप्तरी प्रिमियर लिगमा खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी

बिहीबार, ०७ असार २०८०, १७ : ५१
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग क्रिकेटको पाँचौ दिन बिहीबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई एक विकेटले पराजित गर्‍यो ।  पब्लिक विन्देश्वरी स्कुलको मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको एक ४४ रनको लक्ष्य खडक वारियर्सले दुई बल बाँकी रहँदा नौ विकेट गुमाएर पूरा गर्‍यो । बजाज खडक वारियर्सका लागि सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए । प्लेयर अफ दी म्याच घोषित उनले ४३ बलमा ६ छक्का र सात चौका प्रहार गरे । 

साहिल पटेल र अनिल यादवले समान १२र१२ रन बनाए । बलान बिहुलका बलर रोविन सिंहले तीन तथा रुपेश सिंह र बसिर अहमदले दुई–दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको बलान बिहुलले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो ।  बलान बिहुलका लागि विशाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोविन सिंहले १५ र हासिम अन्सारीले १४ रन बनाए । खडक वारियर्सका बलर बिबेक यादवले तीन तथा अनिल खरेल र गोमानन्द अमात्यले एक–एक विकेट लिए ।

अर्को खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले हरायो । छिन्नमस्ताले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको कन्चनरुपले १८.४ ओभरमा एक सय १८ रनमा सबै विकेट गुमायो । कन्चनरुपका लागि अमित यादवले ३९ र पप्पु यादवले २६ रन बनाए । छिन्नमस्ताका बलर इमरान शेखले चार विकेट लिए । कमल खत्रीले तीन विकेट हात पारे । प्लेयर अफ दी म्याच घोषित शेखले चार ओभरमा २१ रन खर्चिएका थिए । पप्पु यादव, शरद भेसावकर र रेवती रोयले पनि एक–एक विकेट लिएका थिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । छिन्नमस्ता लायन्सका लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५–३५ रन बनाएका थिए । पप्पु यादवले १७ र राहुल मण्डलले १५ रन जोडे । कन्चनरुप राइनोजका बलर पप्पु यादवले तीन र राशिद खानले दुई विकेट लिए ।  तिनवटै खेलमा शतप्रतिशत जितपछि बजाज खडक वारियर्स ६ अंकसहित तालिकाको शीर्ष स्थानमा आसिन छ । तीन खेलमा दोश्रो जितपछि छिन्नमस्ता चार अंकसहित तालिकाको दोश्रो स्थानमा छ । समान नतिजा र अंकसहित रुपनी राइडर्स नेट रन रेटका आधारमा तेश्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप