आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपा संघीयता र नागरिकता विधेयक विरोधी होइन :  यादव

बिहीबार, ०७ असार २०८०, १९ : ३५
बिहीबार, ०७ असार २०८०

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी (रास्वपा)का मधेस प्रदेश समितिका सभापति तपेश्वर यादवले रास्वपाले संघीयता र नागरिकता विधेयकको विरोध नगरेको बताएका छन् ।

बिहीबार जनकपुरधाममा पार्टीको वार्षिकोत्सवको अवसरमा आयोजित चियापान कार्यक्रममा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘हामीले संघीयताको विरोध गरेका छैनौं । संघीयताको नाममा भइरहेको फजुल खर्च रोक्नुपर्ने भनेका छौं,’उनले भने । उनले प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने रास्वपाको माग रहेको जिकिर गरे । 

यस्तै, उनले नागरिकता विधेयकको पनि विरोध नगरेको दोह¥याए । यद्यपि, संसद् हुँदाहुँदै संसदमा प्रवेश नै नगरी अघिल्लो सरकारले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण गराउनु गलत रहेको उनले बताए । 

रास्वपा मधेस प्रदेशका महामन्त्री मनिष कुमार साहले पार्टीको उत्साह देखेर मधेसकै पार्टीहरुले विभिन्न भ्रम फैलाएको बताउँदै पार्टीले आगामी निर्वाचनमा तीनै तहमा उम्मेदवारी दिने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप