सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सदन

बजेट पुस्तिकाबिना छलफल गराउन खोजेपछि एमालेको विरोध, प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित

शुक्रबार, ०८ असार २०८०, १३ : ०२
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका बेला एमालेका सचेतक महेश बर्तौलाले सभाको कार्यसूचीमाथि प्रश्न उठाए । 

उनले उपराष्ट्रपति कार्यालय अन्तर्गतको विनियोजित बजेटमाथि छलफलको कार्यसूची राखिए पनि सो बारेको बजेट पुस्तिका वितरण नगरिएको बारे जानकारी गराए । छुट्टाइएको बजेट शीर्षकबारे सांसदहरूले अध्ययन नै नगरी कसरी छलफल हुन्छ भन्दै सचेतक बर्तौलाले प्रश्न उठाएपछि सभामुखले समयको चापका कारण छिटो बैठक सक्नुपर्ने बाध्यता स्मरण गराए । 

सभामुखको भनाईपछि बोल्दै बर्तौलाले संसद्मा छलफल हुने विषयमाथि सांसदले अध्ययन गर्न पाउनुपर्ने अधिकार रहेको बताएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप