आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिस्पर्धी बजारबाट हामीले फाइदा उठाउनुपर्छ : अर्थमन्त्री डा.महत

शनिबार, ०९ असार २०८०, ११ : ४३
शनिबार, ०९ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) को २० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले प्रतिस्पर्धी बजार पहिचान गरेर लाभ उठाउनुपर्ने बताएका हुन् ।

यस्तै, चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध रहेको र जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको उनको भनाई छ । ‘सम्पूर्ण मन्त्रालयका सचिवहरुलाई प्रस्ताव गरिएको हरेक कामको कार्यतालिका छ, त्यो अनुसार कार्यान्वयन हुनैपर्छ भनेको छु,’ उनले थपे, ‘यसमा ढिलो गर्नेको कुनै गुन्जायस छैन, प्रधानमन्त्रीले पनि त्यही किसिमको निर्देशन दिनुभएको छ ।’
 
‘सीएनआईले विभिन्न विषय उठान गरेको छ । खास गरी नेपाली उद्योगहरुलाई कम्तीमा एक तहको संरक्षण दिने उद्देश्य छ । कतिपय ठाउँमा दुई तहको संरक्षण पनि छ । यसले नेपाली उद्योगलाई केही न केही राहत पुग्छ भन्ने मैले विश्वास लिएको अर्थमन्त्रीको भनाई छ । अहिलेको विश्व प्रतिस्पर्धी रहेकाले पनि संरक्षणको छाताभित्र बसेर हामी अगाडि बढ्न नसक्ने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप