सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेदरल्यान्ड्सविरुद्ध नेपालको दोस्रो विकेट खस्यो

शनिबार, ०९ असार २०८०, १४ : ००
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । कुशलको विकेट बिक्रमजित सिंहले लिए । सिंहले कुशललाई २७ रनमा विकेटकिपर एडवार्डसद्वारा क्याच गराए । कुशलले ४२ बलको सामना गरी दुई चौका हिर्काएका थिए ।

त्यसअघि नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट नेदरल्यान्ड्सका बलर लोगन भान विकले लिएका हुन् । आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २.२ ओभरमा सात रन बनाएर खेल्दै थियो ।  नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप