सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

२५ ओभरमा नेपालको चार विकेट गुमाएर ९१ रन

शनिबार, ०९ असार २०८०, १४ : ४१
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध २५ ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २७ रन बनाएर आउट भए । 

भीम सार्की पनि २२ रन बनाएर पेभेलियन फर्किए । ओपनर आसिफ शेख शून्य रनमै आउट भए भने आरिफ शेख ६ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १२ रन बनाउँदै क्रिजमा छन् । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप