आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘विद्रोह’ पछि राष्ट्रपति पुटिनको निशानामा वाग्नर समूह, कम्पनीको कार्यालयमा छापा

शनिबार, ०९ असार २०८०, १४ : ४८
शनिबार, ०९ असार २०८०

मस्को । रुसको स्थानीय समाचार एजेन्सी फोन्टान्काका अनुसार सेन्ट पिटर्सबर्गमा रहेको वाग्नर समूहको कार्यालयमा छापा मारिएको छ । रिपोर्टका अनुसार दंगा प्रहरी, नेशनल गार्डका दुईवटा बस कार्यालयबाहिर पुगेका छन् र सादा लुगा लगाएका मानिसहरु भित्र पसेका छन् । फोनटान्काले शनिबार आफ्नो टेलिग्राम च्यानलमा यो छापा मारेको जानकारी दिएको हो ।

समाचार एजेन्सीका अनुसार मास्क लगाएका र स्वचालित राइफलसहित सशस्त्र व्यक्तिहरू सेन्ट पिटर्सबर्गको ब्लागोभेसचेन्स्की ब्रिज नजिकै वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग जोडिएको होटल र रेस्टुरेन्टको घरमा तैनाथ थिए। एजेन्सीले पछि सुरक्षाा एजेन्सीहरू वाग्नर समूहकाे मुख्यालय मा प्रवेश गरेको भिडियो जारी गरेको थियो ।

यससँगै वाग्नर चीफसँग सम्बन्धित सम्पति नजिकै उभिएका सशस्त्र व्यक्तिका तस्बिरहरू पनि सार्वजनिक भएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोस्तोभ सहरमा वाग्नर समूहको कारबाहीपछि देशलाई सम्बोधन गरेका छन् । उनले केही रुसी नागरिकलाई आपराधिक गतिविधिमा संलग्न गराउन उक्साइएको बताए । यद्यपि उनले वाग्नर समूहका विद्रोही लडाकुहरूमध्ये कुनै पनि नाम उल्लेख गरेका छैनन्।

पुटिनले रुसको भविष्य खतरामा रहेको पनि बताए । उनले विद्रोहीको गतिविधिलाई ‘पिठमा छुरा प्रहार’ भनेका छन् । आफ्नो सम्बोधनमा वाग्नर समूहका मालिक येभगेनी प्रिगोजिनको नाम नलिई उनले केही व्यक्तिहरूको उच्च महत्वाकांक्षाले ठूलो धोका दिएको जिकिर गरे । रुसी समाजलाई विभाजित गर्न खोज्नेलाई अवश्य कारबाही गरिने पनि रुसी राष्ट्रपतिले बताए ।

येभगेनी प्रिगोजिनले २०१४ मा वाग्नर समूह स्थापना गरेका थिए। उनले यो समूह रुसी जनताको सुरक्षाका लागि सिर्जना गरिएको दाबी गरेका थिए । उनले आफ्नो कम्पनीलाई 'रूसको स्तम्भ' भनेर वर्णनसमेत गरेका थिए । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप