सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालको नवौं विकेट खस्यो

शनिबार, ०९ असार २०८०, १५ : ५१
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्धको खेलमा शनिबार नेपालले नवौं विकेट गुमाएको छ । नवौं विकेटका रुपमा करण केसी पेभेलियन फर्किए । उनको विकेट बास डी लिड्सले लिए । करणको क्याच पनि बासले नै लिएका थिए । करण एक रनमात्र बनाउन सके ।

त्यसअघि  नेपालले आठौं विकेट गुमाएको थियो । आठौं विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको हो । गुल्सनलाई १५ रनमा बास डी लिड्सले विकेटकिपर स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । गुल्सनले ३१ बलको सामना गरी एक चौका हिर्काएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप