सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालबाट एक सय ६८ रनको लक्ष्य पायो नेदरल्यान्ड्सले

शनिबार, ०९ असार २०८०, १६ : ०८
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन बनाउँदै अलआउट भयो । 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७–२७ रन बनाए । भीम सार्की २२ रनमा आउट भए । नेदरल्यान्ड्सका बलर लोगन भान विकले चार विकेट लिए । बास डि लिड्स र बिक्रमजित सिंहले दुईदुई विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप