सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

सन्दीपलाई दोस्रो सफलता

शनिबार, ०९ असार २०८०, १७ : ३४
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्ध शनिबार भएको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले नै दोस्रो विकेट पनि लिएका हुन् । उनले दोस्रो विकेटका रुपमा वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।

त्यसअघि पहिलो विकेट पनि सन्दीपले नै लिएका थिए । सन्दीपले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराएका थिए । एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनाएको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३५ ओभरमा ७१ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप