सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खडक वारियर्स सप्तरी प्रिमियर लिगको फाइनलमा

शनिबार, ०९ असार २०८०, १७ : ३९
शनिबार, ०९ असार २०८०

काठमाडौँ । सप्तरीको राजविराजमा जारि ‘सातौँ सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ को सातौँ दिन शनिबार लगातार चौथो जितसँगै बजाज खडक वारियर्स फाइनलमा पुगेको छ । सातौँ दिनको खेलमा कन्चनरुप राइनोज र बजाज खडक वारियर्स विजयी भए । 

खडक वारियर्स एक खेलअगावै फाइनलमा पुगेको हो । पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज दी किंगलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । राजविराजले दिएको ८६ रनको लक्ष्य कन्चनरुपले ६.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

कन्चनरुपको जितमा तेस्रो नम्बरका ब्याट्सम्यान नारायण जोशीले ५० रनको योगदान गरे । उनले १८ बलमा सात छक्का र एक चौका हिर्काएका थिए । दिलीप नाथले अविजित २४ र राकेश कामतले १४ रन बनाए । 

त्यसअघि राजविराजले निर्धारित ११ ओभरमा आठ विकेट गुमाएर ८५ रन बनाएको थियो । वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाएर खेलाइएको थियो । राजविराजका लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाए । प्लेयर अफ दी म्याच घोषित कन्चनरुपका बलर राशिद खानले चार विकेट लिए । 

अर्को खेलमा बजाज खडक वारियर्सले रुपनी राइडर्सलाई ६७ रनले पराजित गर्‍यो । खडक वारियर्सले दिएको एक ७४ रनको लक्ष्य पछ्याएको रुपनीले १६.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सक्यो । 

रुपनीका लागि अरनिको यादवले २८ बलमा ४० रन बनाए । खडक वारियर्सका बलर अनिल यादव र कप्तान बिवेक यादवले तीन/तीन विकेट लिए । त्यसअघि बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७३ रन बनाएको थियो । 

खडक वारियर्सका लागि प्लेयर अफ दी म्याच घोषित विशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए । उनले ३१ बलमा सात छक्का र तीन चौका प्रहार गरे । निरज यादवले ४१ र सन्दिप रजालीले ३० रनको योगदान गरे । पाँचौं विकेटको लागि विशाल र निरजले एक सय नौ रनको ठुलो साझेदारी गरेका थिए । रुपनीका बलर जितेन्द्र मुखियाले दुई विकेट लिए ।

लगातार चौथो जितपछि एक खेलअगावै फाइनलमा स्थान पक्का गरेको बजाज खडक वारियर्सको आठ अंक पुगेको छ । हारपछि रुपनी राइडर्स सबै पाँच खेल खेल्दा तीन जित र दुई हार बेहोरेको छ । रुपनी दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप