सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रड्स रामपुर सेमिफाइनलमा

आइतबार, १० असार २०८०, ११ : २५
आइतबार, १० असार २०८०

काठमाडौं । रड्स रामपुर ‘छैटौँ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टरफाइनल खेलमा अभिषेक चर्च रजहरलाई ४–१ गोलले पराजित गर्दै रड्स रामपुर सेमिफाइनलमा पुगेको हो ।

रड्स रामपुरको जितमा शन्तबहादुर गुरुङले दुई गोल गरे । आशिष गुरुङ र योमीले पनि एक/एक गोल गरेका थिए । अभिषेक चर्चका संयोग महर्जनले एक गोल फर्काएका थिए । दुई गोल गरेका रड्स रामपुरका शन्त म्यान अफ दी म्याच घोषित भए ।

असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दी म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप