आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वाधार क्षेत्रलाई काठमाडौँ महानगरले छुट्यायो ७ अर्ब

१०० वटा मुख्य चोकमा सडक बत्ती राखिने
आइतबार, १० असार २०८०, १३ : ५२
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वाधार विकासमा ७ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो ।

आज असार १० मा सार्वजनिक महानगरको बजेटमा पूर्वाधार क्षेत्रलाई ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । महानगरले ‘उज्यालो सहर, मेरो महानगर’ योजनाका लागि ३० करोड बजेट छुट्याएको छ । यो योजना अन्तर्गत १०० वटा मुख्य चोकमा सडक बत्ती राखिनेछ ।

यस्तै, सफा र स्वच्छ काठमाडौँ बनाउनका लागि महानगरले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस योजनामा ‘धुलोरहित काठमाडौँ’ योजना कार्यान्वयन गर्ने महानगरको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप