आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरगढी गाउँपालिकाले ल्यायो ६२ करोडको बजेट

सोमबार, ११ असार २०८०, ०९ : १९
सोमबार, ११ असार २०८०

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन(नेपाली)ले कुल बजेटको पुँजीगततर्फ ३२ करोड १९ लाख १२ हजार रुपैयाँ र चालु तर्फ २९ करोड ८३ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेकी हुन् ।

मकवानपुरगढीले आयतर्फ सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख रुपैयाँ, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ८६ लाख रुपैयाँ गरी वित्तीय समानिकरण अनुदानमा १० करोड ६० लाख रुपैयाँ, संघीय सरकार राजश्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड २२ लाख रुपैयाँ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क राजश्व ३ करोड ६ रुपैयाँ, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट १ करोड २५ लाख रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट १ करोड २७ लाख रुपैयाँ, सवारीसाधन कर १ करोड ७५ लाख रुपैयाँ, वन रोयल्टी ५ लाख ७२ हजार रुपैयाँ, जलस्रोत रोयल्टीबाट १ लाख रुपैयाँ, नदीजन्य पदार्थ (दहत्तर बहत्तर) ४ करोड ५० सहित १८ करोड ५ लाख ७८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गएको छ ।

त्यस्तै गाउँपालिकाले संघीय सरकार सशर्त अनुदानबाट २३ करोड ९ लाख रुपैयाँ, समपूरक अनुदान ८० लाख रुपैयाँ, विशेष अनुदानमा २ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ भने प्रदेश सरकारबाट समानिकरन अनुदान बापत २ करोड २२ लाख ७८ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान बापत १ करोड रकम प्राप्त हुने अनुमान रहेको छ ।

गाउँपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ८ करोड रुपैयाँ, आर्थिक विकास क्षेत्रमा ३ करोड ४८ लाख रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा २४ करोड ९६ लाख ५६ हजार रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रमा ४८ लाख रुपैयाँ, सामाजिक विकास क्षेत्रमा २४ करोड ३५ लाख रुपैयाँ, वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै राखेर बजेट प्रस्तुत गरेको जनाइएको छ । गाउँपालिकाले उत्पादनमा आधारित पशुपालन क्षेत्रमा पालिका, किसान र सहकारी संस्थाबीचको सहकार्यमा कृषक भविष्य कोष स्थापना गर्ने लगायतका कार्यक्रम ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप