आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशसभा बैठक ४ बजेसम्मका लागि स्थगित

मङ्गलबार, १२ असार २०८०, १५ : ५८
मङ्गलबार, १२ असार २०८०

मकवानपुर । बागमती प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित भएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलागरी सुरु भएको बैठक १० मिनेट बसेर पुनः ४ बज बस्नेगरी स्थगित गरिएको हो । 

बैठकमा प्रदेशसभाको विषयगत समितिहरू घोषणा गरिएको छ । प्रदेशसभामा कायम रहेको प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति घोषणा गरेर बैठक स्थगित गरिएको छ । 

प्रदेशसभाको अर्को बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । उक्त बैठकमा एमाले र राप्रपासहितका सांसदहरुले विरोध गर्ने भएका छन् । एमालेसहितका विपक्षी दलहरुले बजेटमाथि असन्तुष्टि राख्दै बैठक अवरुद्ध गर्ने भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप