आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

सलाइन पानी बोकेर सरकारी वकिलको कार्यालयमा ललिता निवास प्रकरणका आरोपित

बुधबार, १३ असार २०८०, १४ : ०३
बुधबार, १३ असार २०८०

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूलाई म्याद थप गर्नका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।

अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

बुधबार सरकारी कार्यालयमा चार जनालाई म्याद थपका लागि उपस्थित गराइएको हो । उनीहरू सरकारी वकिल कार्यालयमा हातमा सलाइन पानी बोकेरै पुगेका थिए । 

हेरौँ तस्बिरहरू

lalita niwas arrest (1)lalita niwas arrest (2)lalita niwas arrest (3)lalita niwas arrest (4)lalita niwas arrest (5)lalita niwas arrest (6)lalita niwas arrest (7)lalita niwas arrest (8)

lalita niwas arrest (9)lalita niwas arrest (10)lalita niwas arrest (11)lalita niwas arrest (12)lalita niwas arrest (13)lalita niwas arrest (14)lalita niwas arrest (15)lalita niwas arrest (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप