सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो एसेस टेस्ट : स्मिथको सतकसँगै पहिलो पालीमा अस्ट्रेलियाको चार सय १६ रन

बिहीबार, १४ असार २०८०, १७ : २४
बिहीबार, १४ असार २०८०

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको परम्परागत एसेस टेस्ट शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा चार सय १६ रनमा अलआउट भएको छ । लर्डसमा जारी दोस्रो टेस्टमा अस्ट्रेलियाले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । अस्ट्रेलियाले पाँच विकेटको नोक्सानीमा तीन सय ३९ रनको स्थितिबाट दोस्रो दिन बिहीबारको खेल अगाडि बढाएको थियो । पहिलो पालीमा अस्ट्रेलियाका लागि स्टिभन स्मिथले सतकीय पाली खेले । अघिल्लो दिन ८५ रनमा अविजित रहेका स्मिथ बिहीबार एक सय १० रन बनाउँदै पेभेलियन फर्किए ।

स्मिथले लामो समय क्रिजमा टिकेर एक सय ८४ बलको सामना गरी १५ चौका पनि हिर्काए । टेस्ट क्रिकेटमा उनले ३१ औं सतक हिर्काएका हुन् । उनले हालसम्म ९८ टेस्ट खेलेर कूल आठ हजार नौ सय ६९ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ३७ वटा अर्धसतक पनि प्रहार गरेका छन् । अस्ट्रेलियाका लागि ट्राभिस हेडले पनि ७७ रनको योगदान गरेका थिए । आक्रामक रुपमा प्रस्तुत भएका हेडले केवल ७३ बलको सामना गरी १४ वटा चौका हिकाए । भ्रमणकारी टोलीका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले पनि ६६ रनको योगदान गरे । उनले ८८ बलमा एक छक्का र आठ चौका प्रहार गरेका थिए । 

यसैगरी अर्का ओपनर उस्मान ख्वाजा १७ रनमै पेभेलियन फर्किए भने मार्नस लाबुसचाग्नेले ४७ रन बनाए । विकेट किपर ब्याट्सम्यान एलेक्स क्यारीले पनि टोलीको खातामा २२ रन थपे । मिचेल स्टार्क ६ रनमा आउट भए । कप्तान प्याट कुमिन्सले अविजित २२ रन बनाए ।  अस्ट्रेलियाले अतिरिक्त रुपमा ३८ रन पाएको थियो । इङ्ल्यान्डका बलर जस टङ्वेले तीन विकेट लिए । ओली रोविन्सनले पनि तीन विकेट लिए । जोए रुटले दुई विकेट हात पारे । जेम्स एन्डर्सन र स्टुअर्ट ब्रोडले एकरएक विकेट लिए । यसअघि पाँच टेस्टको एसेस शृंखलाको पहिलो खेलमा भ्रमणकारी टोली अस्ट्रेलिया दुई विकेटले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप