आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुलुकको आर्थिक वृद्धिदरमा जनताको पहुँच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत

शुक्रबार, १५ असार २०८०, १६ : ५८
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन् । शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बजेट संघीयता विरोध पनि नभएको जिकिर गरेका हुन् । 

धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्‍याए । उनले भने,  ‘संघीयता अनुसार हामी नगएको पनि होइन । समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अव हामी शब्द जे पनि

राख्न सक्छौँ । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्‍याउने नै यो बजेटको लक्ष्य हो । हामीले करको यद्यपि यो विनियोजन बजेटको विषयमा छलफल गरिरहेका छौँ । यसमा मैले धेरै प्रवेश गर्न आवश्यक छैन । करको जुन हामीले व्यवस्था गरेका छौँ । यसले चाहिँ जो धेरै आम्दानी गर्छ, उनीहरू करको दायरामा आइराख्या छैनन् । उनीहरूलाई करको दायरामा ल्याउने काम गरिएको छ । हामी कुरा गर्छौँ प्रोग्रेसिभ हुनुपर्‍यो । तर भन्दा उनीहरूलाई बेखुसी बनाउने बजेट ल्यायो । यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप