आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा २२ प्रतिशत रोपाइँ सम्पन्न

शुक्रबार, १५ असार २०८०, २० : २४
शुक्रबार, १५ असार २०८०

मकवानपुर । बागमती प्रदेशमा हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । प्रदेशका १३ जिल्लमा गरी हालसम्म २२ प्रतिशत धान रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेशको चितवनमा २० प्रतिशत, मकवानपुरमा १५, धादिंगमा १७, काभ्रेमामा ३५, सिन्धुपाल्चोकमा ३२ प्रतिशत धान रोपाइँ भएको छ भने अन्य जिल्लामा पनि निकै कम मात्रामा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका प्रमुख तेज प्रसाद दवाडीले बताए । 

भौगोलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा पर्याप्त मात्रामा पानी नपरेकाले यसपालि धानखेति हुन नसकेको उनको भनाई छ । प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भर पर्नुपर्ने, खोलाको मूलबाट सिचाई गर्नुपर्ने भएकाले धान रोपाइँमा समस्या रहेको उनले बताए ।

उनका अनुसार प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप