सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुलपानी क्रिकेट मैदानको नाम फेरियो

शनिबार, १६ असार २०८०, ०६ : ५८
शनिबार, १६ असार २०८०

काठमाडौं । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)को शुक्राबर बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको हो ।

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समयदेखि बन्न सुरु गरेको भए पनि अझै पनि पूरा नभएको सो खेल मैदानलाई पुर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप