सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्राब्रिगासद्वारा सन्यासको घोषणा

आइतबार, १७ असार २०८०, १० : ४७
आइतबार, १७ असार २०८०

मड्रिड । आर्सनल, बार्सिलोना र चेल्सीका मिडफिल्डर सिसेक फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा लेख्दै ३६ वर्षीय खेलाडीले ‘दुःखका साथ’ आफूले सन्यास लिने समय आएको जानकारी दिएका हुन् । हाल उनी सिरिए बीमा इटालियन क्लब कोमोसँग आबद्ध थिए । दुई वर्षको करार गरेका उनले एक वर्षमै सन्यासको घोषणा गरे । फाब्रिगासले अब कोमो रिजर्भ र युवा टोलीलाई प्रशिक्षण दिने जानकारी गराएका छन् । 

स्पेनिस खेलाडीले विश्वकप जित्नुका साथै चेल्सीबाट दुईपटक प्रिमियर लिग र बार्सिलोनासँग ला लिगा उपाधि जितेका थिए । बार्सिलोनाको ला मासियाबाट आएका फाब्रिगासले आर्सनलसँग २००४ देखि २०११ सम्म आबद्ध भएका थिए । यस क्रममा उनले एउटा एफए कपको उपाधि जितेका थिए । त्यसपछि बार्सिलोना फर्किएका उनी सन् २०१४ मा

चेल्सीसँग आबद्ध भएका थिए । उनले स्पेनका लागि ११० खेल खेल्दै सन् २००८ र २०१२ मा युरोपियन च्याम्पियनसीपको उपाधि पनि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप