सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

ललिता निवास पुग्यो काठमाडौँ महानगर प्रहरीको जम्बो टोली

आइतबार, १७ असार २०८०, १४ : ३९
आइतबार, १७ असार २०८०

काठमाडौँ । बहुचर्चित सरकारी जग्गा घोटला काण्डको रुपमा परिचित बालुवाटारस्थित ललिता निवासमा काठमाडौं महानगरपालिका प्रहरीको जम्बो टोली पुगेको छ । ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् । 

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा ललिता निवासमा नगर प्रहरी पुगेको छ । पाण्डेले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने बताएका छन् । यतिबेला नगर प्रहरीले ललिता निवासको सरकारी जग्गामा स्थलगत निरिक्षणको कार्य गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप