सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

एक सय ८१ रनमा समेटियो यूएई

आइतबार, १७ असार २०८०, १६ : १९
आइतबार, १७ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा संयुक्त अबर इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ८२ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको यूएईले ४६.५ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रनमात्र बनाउन सक्यो । 

यूएईलाई ठूलो योगफल तयार पार्नबाट रोक्न नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसीले पनि तीन विकेट हात पारे । प्रतिस जीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि एक-एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप